कांग्रेसको माग : प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गरी संसदलाई जानकारी गराउनुपर्ने

Author

सजिलो पत्रिका

२०८३ वैशाख २९, मङ्गलबार

22
Share
Featured

काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को स्वास्थ्य अवस्थाबारे प्रश्न उठाउँदै तत्काल स्वास्थ्य परीक्षण गर्न माग गरेको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्म राज आङदेम्बेले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर बाहिरिएको भन्दै स्वास्थ्य अवस्थाबारे स्पष्टता आवश्यक रहेको बताएका हुन्।

आङ्देम्बेले यदि स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री बाहिरिएका हुन् भने तत्काल स्वास्थ्य परीक्षण गरी त्यसको विवरण संसद्लाई जानकारी गराउनुपर्ने माग गरे। उनले यस्तो व्यवहार सामान्य नहुने भन्दै सरकारसँग स्पष्ट जानकारी माग गरे।

उनले प्रधानमन्त्रीको व्यवहारलाई ‘अमर्यादित र अहंकारपूर्ण’ भन्दै यसले संसदको गरिमा र इज्जतमा असर परेको टिप्पणी गरे। साथै, उनले सरकारको आधिकारिक धारणा पनि सार्वजनिक गर्नुपर्ने बताएका छन्।

यो समाचारमा

नेपाली काँग्रेसभीष्म राज आङदेम्बेकाठमाडौँबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...