बालेनलाई रक्षाको जवाफ: ‘साँचो क्रान्ति ‘क’ अर्थात् करुणाबाट सुरु हुन्छ’

Author

सजिलो पत्रिका

२०८३ वैशाख १८, शुक्रबार

22
Share
Featured

काठमाडौँ

नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सार्वजनिक रूपमा जवाफ दिएकी छिन्। बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री शाहले दिएको शुभकामना सन्देशमा ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो’ भन्ने अभिव्यक्तिपछि उनले प्रतिक्रिया जनाएकी हुन्।

बमले उक्त भनाइप्रति असहमति जनाउँदै ‘साँचो क्रान्ति ‘क’ बाटै सुरु हुन्छ, र त्यो ‘क’ करुणा हो’ भन्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएकी छिन्। उनले करुणा र मानवीय संवेदनालाई प्राथमिकता दिनुपर्ने सन्देश दिएकी हुन्।

सुकुमबासी बस्तीमा डोजर चलाइएको विषयमा आलोचना गर्दै आएकी बमले यस प्रसंगमा पनि सरकारलाई करुणामूलक व्यवहार अपनाउन आग्रह गरेकी छिन्।


यो समाचारमा

बालेन्द्र शाह (बालेन)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...