
काठमाडौँ।संविधानविद् विपिन अधिकारीले मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसले आफ्नो ऐतिहासिक विरासत र आधारभूत सिद्धान्त बिर्सँदै गएको टिप्पणी गरेका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेस अब व्यक्तिमा आधारित नभई स्पष्ट नीति र कार्यक्रममा आधारित पार्टीका रूपमा रूपान्तरण हुनुपर्नेमा जोड दिए।अधिकारीले सिंगापुरको ‘पिपल्स एक्सन पार्टी’ (पीएपी) को...