शेरबहादुर देउवा र आरजु राणा आज सिंगापुर जाँदै

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १०, सोमबार

14
Share
Featured
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार राति थप उपचारका लागि सिंगापुर प्रस्थान गर्दैछन्, पत्नी डा. आरजु राणा पनि सँगै गइरहेकी छन्।
  • भदौ २४ को जेनजी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि कुटपिट भएको र देउवाको टाउकोमा गहिरो चोट लागेर १२ टाँका लगाइएको थियो।
  • देउवा असोज २८ गते पार्टी कार्यालयमा सार्वजनिक रूपमा देखिएका थिए र त्यस दिनै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबा थप उपचारका लागि आज (सोमबार) बेलुका ९ बजे सिंगापुर प्रस्थान गर्दैछन्। उनीसँगै कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि सिंगापुर जाँदैछिन्।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो। सुरक्षाकर्मीले उद्धार गरी देउवा दम्पतीलाई सैनिक अस्पताल छाउनी पुर्‍याएका थिए। सो घटनामा देउवाको टाउकोमा गहिरो चोट लागेको र उपचारका क्रममा १२ टाँका लगाइएको थियो।

जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा देउवा असोज २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए। सोही दिन देउवाले उपसभापति पूर्ण बहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।

यो समाचारमा

नेपाली काँग्रेसपूर्ण बहादुर खड्काशेर बहादुर देउबासिंगापुर
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...