प्रधानमन्त्री कार्कीसँग विभिन्न देशका एनसीसी प्रतिनिधिमण्डलको भेट

Author

सजिलो पत्रिका

२०८२ फागुन ०२, शनिबार १०:१२

24
Share
Featured

काठमाडौँ

युवा आदानप्रदान कार्यक्रमअन्तर्गत नेपाल, भारत, पाकिस्तान, भुटान र माल्दिभ्सका राष्ट्रिय सेवा दल (एनसीसी) का प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा शिष्टाचार भेटघाट गरेका छन्।

प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्कीसँग बालुवाटारमा भेट गरेका हुन्।

प्रतिनिधिमण्डलमा भारतबाट २० सदस्यीय टोली, पाकिस्तानबाट १२ सदस्यीय टोली, भुटानबाट ९ सदस्यीय टोली तथा मालदिभ्सबाट ५ सदस्यीय टोली सहभागी थियो।

प्रधानमन्त्री कार्कीले यस कार्यक्रममार्फत सहभागी राष्ट्रहरूबीच मित्रता, पारस्परिक समझदारी र युवास्तरको सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गर्दै नेपाल भ्रमण सुखद् र स्मरणीय रहोस् भनी कामना गरिन् ।

विभिन्न मुलुकका सेनाले अनुशासित, जिम्मेवार, कर्तव्यनिष्ठ तथा सक्षम नेतृत्व क्षमता भएका युवाहरू उत्पादन गर्ने उद्देश्यका साथ विभिन्न प्रशिक्षण तथा आदानप्रदान कार्यक्रम सञ्चालन गर्दै आएका छन्। राष्ट्रिय सेवा दल नेपालले माध्यमिक तथा उच्च माध्यमिक तहका करिब ७ हजार ७१० विद्यार्थीलाई वार्षिक रूपमा जुनियर र सिनियर डिभिजन तालिम प्रदान गर्दै आएको छ।

नेपालले मित्र राष्ट्रहरूका सेवा दलसँग पारस्परिक रूपमा सञ्चालन हुने युवा आदानप्रदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। जसअन्तर्गत उत्कृष्ट क्याडेटहरूलाई बंगलादेश, भुटान, भारत, मालदिभ्स, पाकिस्तान, सिंगापुर र श्रीलंकासँगको पारस्परिक भ्रमणमा सहभागी गराइँदै आएको छ।

यो समाचारमा

भुटानभारतसुशीला कार्कीकाठमाडौँ
बंगलादेश9 more

ट्यागहरू

#राष्ट्रिय सेवा दल (एनसीसी)#मालदिभ्स#सुशीला कार्की#श्रीलंका#प्रतिनिधिमण्डल#सिंगापुर#भुटान#भारत#पाकिस्तान#बंगलादेश#नेपाल#प्रधानमन्त्री सुशीला कार्की#युवा आदानप्रदान कार्यक्रम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    पार्टीमा रूपान्तरण आवश्यक छ, राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिन्छु : ज्ञानेन्द्र शाही

    मिडिया हाउसहरूमा गाडी तेर्स्याएर अवरोध गरिएको घटनाप्रति रास्वपाको आपत्ति, छानबिन र कारबाहीको माग

    झापाको बुद्धशान्तिमा ५ परिवारलाई लालपुर्जा वितरण

    भर्खरै

    News Image

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    News Image

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    News Image

    पार्टीमा रूपान्तरण आवश्यक छ, राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिन्छु : ज्ञानेन्द्र शाही

    News Image

    मिडिया हाउसहरूमा गाडी तेर्स्याएर अवरोध गरिएको घटनाप्रति रास्वपाको आपत्ति, छानबिन र कारबाहीको माग

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू