सिंगापुरको चाङ्गी विमानस्थलमा ह्विलचेयरमा देखिए देउवा दम्पती

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ११, मङ्गलबार

29
Share
Featured
Image Source: सुवास कार्की
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्।
  • उनीहरू जेनजी आन्दोलनको क्रममा भएको घटनापछि स्वास्थ्य समस्या भोगिरहेका छन्, जसमा कुटपिट र आगजनी समावेश थियो।
  • देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पेर उपचारका लागि सिंगापुर गएका हुन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउबा र उनकी पत्नी आरजु राणा देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन्। गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका उनीहरू सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ह्विलचेयरमा देखिएका छन्।

विमानस्थलबाट बाहिरिने क्रममा देउवा दम्पती दुवै ह्विलचेयरमा रहेको तस्बिर सार्वजनिक भएको छ। उनीहरूको स्वास्थ्यमा जेनजी आन्दोलनका क्रममा भएको घटनापछि समस्या आएको बताइएको छ। भदौ २४ गते बूढानीलकण्ठस्थित देउवा निवासमा जेनजी आन्दोलनकारीहरूले कुटपिट गर्नुका साथै घरमा आगजनी समेत गरेका थिए।

सो घटनापछि लामो समयसम्म सार्वजनिक नभएका देउवा दम्पती गत असोज २८ गते पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकबाट सार्वजनिक भएका थिए। त्यसपछि सभापति देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्ण बहादुर खड्कालाई दिएर उपचारका लागि पत्नीसहित सिंगापुर प्रस्थान गरेका हुन्। 

यो समाचारमा

काठमाडौँत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलशेर बहादुर देउबापूर्ण बहादुर खड्का
आरजु राणा देउवा6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...