सिंगापुरमा भेपविरुद्ध कडा अभियान, राखेमा मात्रै जेल वा कोर्राको सजाय

Author

सजिलो पत्रिका

२०८२ माघ ०४, आइतबार

25
Share
Featured
  • सिंगापुरले भेप (विद्युतीय चुरोट) विरुद्ध कडा अभियान थालेको छ, भेप साथमा राखेकै भरमा पनि जेल वा अन्य सजाय हुन सक्ने व्यवस्था गरिएको छ।
  • कालोबजारमा लागूऔषध मिसाइएका भेपको प्रयोग बढेपछि सरकारले कारबाही कडा बनाएको हो।
  • WHO ले यसलाई विश्वव्यापी सुर्तीजन्य तथा लागूऔषध नियन्त्रण नीतिमा प्रभाव पार्ने ‘टर्निङ पोइन्ट’ भनेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सिंगापुरले भेप (विद्युतीय चुरोट) विरुद्ध कडा अभियान सञ्चालन गरेको छ । सन् २०१८ देखि नै प्रतिबन्धित भए पनि कालोबजारमा लागूऔषध मिसाइएका भेपको प्रयोग बढेपछि सरकारले थप कडा कदम चालेको हो ।

नयाँ व्यवस्थाअनुसार, सिंगापुरमा अब भेप साथमा राखेको पाइएमा मात्रै जेल, पुनस्र्थापना केन्द्र वा कोर्राको सजाय हुन सक्ने बीबीसीले जनाएको छ । तस्करहरूले विभिन्न सामानभित्र लुकाएर भेप भित्र्याउने गरेको पाइएपछि सरकारले कारबाहीलाई तीव्रता दिएको हो ।

विश्व स्वास्थ्य संगठन (WHO) ले सिंगापुरको यो अभियानलाई 'टर्निङ पोइन्ट' भन्दै यसले विश्वव्यापी सुर्तीजन्य तथा लागूऔषध नीतिमा ठूलो प्रभाव पार्ने बताएको छ ।

भेपलाई परम्परागत चुरोटको विकल्प मानिए पनि यसले युवा पुस्ताको स्वास्थ्यमा गम्भीर असर पार्ने अध्ययनहरूले देखाएका छन् । विशेषगरी 'के-पोड्स' भनिने लागूऔषधयुक्त भेप युवाहरूमा लोकप्रिय बन्दै गएको छ, जसले विश्वभर चिन्ता बढाएको छ ।

यो समाचारमा

काठमाडौँसिंगापुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको घातक आक्रमणको बदला लिन अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का रणनीतिक सैन्य संरचनाहरूमाथि आइतबार भीषण हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका–इरान तनावले थप उग्र रूप लिएको छ।अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार यो कारबाहीमा पहिलो पटक रिभोलुसनरी गार्डका संरचनालाई

    Data is loading...

    Loading brands...

    Loading footer...