
काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको पक्राउको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले काठमाडौंको माइतीघरमा निजी सवारीसाधनमाथि तोडफोड गरेका छन्। माइतीघर मण्डलामा भेला भएका एमाले नेता तथा कार्यकर्ताहरूको प्रदर्शन उग्र बनेपछि सडकमा गुडिरहेका सर्वसाधारणका सवारीसाधनमाथि आक्रमण भएको हो।प्रदर्शनकारीहरूले गुडिरहेका गाडीमा ढुङ्गामुढा र लाठी प्रहार गरी सिसा फुटाएका छन्। तोडफोड र...