नेपाली क्रिकेट अब पछाडि फर्केर हेर्ने अवस्थामा छैन : क्यान अध्यक्ष चन्द

Author

सजिलो पत्रिका

२०८२ पुस २२, मङ्गलबार

50
Share
Featured
  • क्यान अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गरिसकेको बताए।
  • २०१४ देखि २०२४ विश्वकपसम्मको यात्रामा बलिया टिमविरुद्धको प्रदर्शनले नेपाली क्रिकेट नयाँ उचाइमा पुगेको उल्लेख गरे।
  • उनले नेपाली क्रिकेटलाई संस्थागत रूपमा अघि बढाउन सरकार, राजनीतिक दल र आम नेपालीको प्राथमिकता र सहयोग आवश्यक रहेको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटले अब पछाडि फर्केर हेर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

सोमबार आयोजित जर्सी तथा ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गरिसकेको उल्लेख गरेका हुन् ।

अध्यक्ष चन्दले सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपबाट नेपाली क्रिकेटको यात्रा उल्लेख गर्दै त्यसबेला नेपालले उत्कृष्ट प्रदर्शनसहित छनोट भएको बताए । उनका अनुसार त्यतिबेला विश्वकपमा १६ टिम सहभागी थिए र अहिले २० टिम छन् । ‘२०२४ मा क्यारिबियन र युएसएमा भएको पछिल्लो विश्वकपमा नेपालको प्रदर्शनले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु-याएको छ ।’

उनले जित–हार खेलको सामान्य प्रक्रिया भएको उल्लेख गर्दै बंगलादेश र दक्षिण अफ्रिकाजस्ता बलिया टिमविरुद्ध नेपालको प्रदर्शनले विश्व क्रिकेटमा नेपाली क्रिकेटको दस्तक दिएको बताए । ‘त्यो प्रदर्शनपछि नेपाली क्रिकेट अझ माथि जान्छ भन्ने विश्वास बलियो भएको छ,’ अध्यक्ष चन्दले भने ।

अध्यक्ष चन्दले अब नेपाली क्रिकेटलाई आम नेपाली, राजनीतिक दल र सरकारले समेत प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए । ‘नेपाली जनताको अपेक्षा अनुसारको प्रदर्शन भएको छ, अब यसलाई संस्थागत रूपमा अगाडि बढाउन सबैको सहयोग जरुरी छ,’ उनले जोड दिए । उक्त कार्यक्रमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आईसीसी टी २० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीलाई शुभकामना समेत दिए ।

यो समाचारमा

काठमाडौँनेपाल क्रिकेट संघक्रिकेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...