कांग्रेसको विशेष महाधिवेशन आजदेखि, उद्घाटनअघि ६ स्थानबाट जुलुस

Author

सजिलो पत्रिका

२०८२ पुस २७, आइतबार

61
Share
Featured
  • नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आह्वान गरेको विशेष महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ, उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ।
  • उद्घाटनअघि शक्ति प्रदर्शनका लागि काठमाडौंका ६ स्थानबाट बिहान ११ बजे जुलुस निकालिनेछ।
  • गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा हुने महाधिवेशन सोमबारसम्म चल्नेछ र आजैबाट बन्दसत्र सुरु हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

संस्थापन पक्षको असहमतिबीच नेपाली काँग्रेसको संस्थापनइतर पक्षले आह्वान गरेको विशेष महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनको औपचारिक उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ ।

उद्घाटन समारोहअघि शक्ति प्रदर्शन स्वरूप काठमाडौंका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने तयारी गरिएको छ । महाधिवेशन आयोजक समितिका अनुसार, बिहान ११ बजे सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस, कमलपोखरी र ललितपुरको कुपण्डोलबाट जुलुसहरू निस्कनेछन् ।

सबै जुलुस भृकुटीमण्डपमा एकीकृत भएपछि उद्घाटन समारोह सुरु हुनेछ । उद्घाटनलगत्तै आजैबाट बन्दसत्र पनि प्रारम्भ हुने आयोजकले जनाएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा हुन लागेको यो विशेष महाधिवेशन सोमबारसम्म चल्नेछ ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सडक स्तरोन्नति र पुल निर्माण हाम्रो स्पष्ट नीति हो : मुख्यमन्त्री बानियाँ

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या समाधान गर्न वर्तमान कानुन संशोधन गरी लगानीकर्ता र यात्रुमैत्री बनाइने बताएका छन् ।नारायणी यातायात व्यवसायी संघको ३७औँ वार्षिकसभा तथा १६ अधिवेशनमा उनले यातायात व्यवसायीले सवारीका चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन इमान्दार प्रयासको आवश्यकता औँल्याए ।मुख्यमन्त्री बानियाँले

    Data is loading...

    Loading brands...

    Loading footer...