तामाङ भाषामा निर्मित चलचित्र ‘ह्वाङ तामाङ’ काठमाडौंमा विशेष शो सहित प्रदर्शन

Author

सजिलो पत्रिका

२०८२ पुस २४, बिहिबार

40
Share
Featured
  • तामाङ भाषामा निर्माण भएको चलचित्र ‘ह्वाङ तामाङ (हामी तामाङ)’ काठमाडौंमा विशेष शोमार्फत प्रदर्शन हुने भएको छ।
  • चलचित्रमा तामाङ समाजको जीवनशैली, संस्कार, संघर्ष र सांस्कृतिक पहिचान भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।
  • फिल्मका कलाकार, संगीत, नृत्य र सांस्कृतिक पहिरनले चलचित्रलाई जीवन्त बनाएको र देशभरका तामाङ बसोबास क्षेत्रमा प्रदर्शन यात्रा गर्ने योजना रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

तामाङ भाषामा निर्मित बहुप्रतिक्षित चलचित्र ‘ह्वाङ तामाङ (हामी तामाङ)’ राजधानीका दर्शकलाई लक्षित गर्दै विशेष शोमार्फत प्रदर्शन हुने भएको छ ।

जिम्बा फिल्म प्रोडक्सनको चौधो प्रस्तुति भएको यो चलचित्रको विशेष प्रदर्शन चलचित्र विकास बोर्ड र अष्टनारायण हल, काठमाडौंमा यहि पुष २६ गते सनिवार आयोजना गरिँदै छ ।

निमा लामा तामाङले निर्देशन गरेको चलचित्रमा तामाङ समाजको जीवनशैली, परम्परा, संस्कार, संघर्ष र पहिचानका विविध पाटालाई कथानकमा समेटिएको छ ।

फिल्ममा सामाजिक यथार्थ, परिवारिक सम्बन्ध र सांस्कृतिक गहिराइलाई रोचक र भावनात्मक रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ । फिल्ममा कलाकारहरू जय स्याङ्तन , अभि लामा, सिताराम गोले, अनिता गोले कल्पना वाइबा, निर्मला मोक्तान राजकुमार स्याङतान प्रबल थिङ पूजा लामा चन्द्रमाया दोङ मङ्गल सिंह ग्याबा छविलाल बोम्जन सहित दर्जनभन्दा बढी लोकप्रिय कलाकारहरूको दमदार उपस्थिति रहेको छ ।

संगीत, नृत्य र तामाङ सांस्कृतिक पहिरनले चलचित्रलाई थप जीवन्त बनाएको छ। फिल्मका निर्माता प्रवल थिङ तामाङका अनुसार ‘ह्वाङ तामाङ’ तामाङ भाषाको सम्भावना, कला र कथालाई मुख्यधारमा स्थापित गर्ने उद्देश्यले तयार पारिएको परियोजना हो। सहनिर्माता कारसाङ लामा दोङ को टोलीले पनि चलचित्रलाई गुणस्तरीय बनाउन कुनै कसर बाँकी नराखेको बताइएको छ।

तामाङ समुदायदेखि अन्य भाषाभाषी दर्शकले समेत हेर्न सक्ने गरी तयार गरिएको फिल्ममा शब्द–सङ्गीत निमा लामा तामाङकै रहेको छ भने छायांकन सूर्य लामाले गरेका छन्। विशेष शो पश्चात फिल्मले देशभरका तामाङ समुदाय बसोबास हुने मुख्य क्षेत्रहरूमा पनि प्रदर्शन यात्रा अघि बढाउने निर्माण पक्षले जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...