ओली पक्राउको विरोधमा एमालेको प्रदर्शनले बबरमहल तनावग्रस्त

Author

सजिलो पत्रिका

२०८२ चैत १४, शनिबार

24
Share
Featured
  • केपी शर्मा ओली को पक्राउको विरोधमा एमाले कार्यकर्ताहरूले काठमाडौंको बबरमहल क्षेत्रमा उग्र प्रदर्शन गर्दै स्थिति तनावग्रस्त बनाएका छन्।
  • प्रदर्शनका क्रममा सडक डिभाइडर तोडफोड, आगजनी तथा प्रहरीसँग घम्साघम्सी भएको छ, जसले स्थिति झन् चर्काएको छ।
  • घटनाका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ, सर्वसाधारणमा त्रास फैलिएको छ र प्रहरीले अवस्था नियन्त्रणमा लिन प्रयास गरिरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको पक्राउको विरोधमा उत्रिएका कार्यकर्ताहरूको प्रदर्शनका कारण काठमाडौंको बबरमहल क्षेत्र अहिले तनावग्रस्त बनेको छ। सडक संघर्षमा उत्रिएका एमाले कार्यकर्ताहरूले सडकका डिभाइडरहरू तोडफोड गरी बीच सडकमै भेला पारेर आगजनी गरेका छन्।

प्रदर्शनकारीलाई रोक्न खोज्दा प्रहरी र कार्यकर्ताबीच घम्साघम्सी समेत भएको छ। एमाले कार्यकर्ताहरूले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शनलाई उग्र बनाएपछि बबरमहल क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। आगजनी र तोडफोडका कारण यस क्षेत्रको यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ भने सर्वसाधारणमा त्रास फैलिएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास जारी राखेको छ।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...