फिल्म ‘बिगुल’ को रिलिज स्थगित

Author

सजिलो पत्रिका

२०८२ माघ ०४, आइतबार

47
Share
Featured
  • चलचित्र ‘बिगुल’ पूर्वनिर्धारित मिति ९ माघमा प्रदर्शन नहुने भएको छ । प्राविधिक कारण देखाउँदै निर्माता दिनेश कोइरालाले प्रदर्शन हाललाई स्थगित गरिएको र नयाँ मिति छिट्टै सार्वजनिक गरिने जानकारी दिएका छन्।
  • रमेश कोइरालाको निर्देशनमा बनेको यस चलचित्रमा बेनीशा हमाल, नरेन खड्का, नीर शाह, शिशिर बाङ्देललगायत कलाकारको मुख्य भूमिका रहेको छ । समसामयिक राजनीतिक विषयवस्तुका कारण दर्शकको अपेक्षा बढिरहेका बेला प्रदर्शन रोकिनु परेकोमा निर्देशकले दुःख व्यक्त गरेका छन्।
  • चलचित्रलाई अझ भव्य रूपमा प्रदर्शन गरिने प्रतिबद्धता जनाइएको छ । ‘बिगुल’ काफिया फिल्म्स र श्री ब्याकेट्स इन्टरटेन्मेन्टले वितरण गर्दैछन् भने छायांकन शिव ढकाल र सम्पादन तारा थापा किम्भेको रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चलचित्र ‘बिगुल’ पूर्वनिर्धारित मिति ९ माघमा प्रदर्शन नहुने भएको छ ।

चलचित्रका निर्माता दिनेश कोइरालाले बिगुलको प्रदर्शन हाललाई स्थगित गरिएको बताएका छन् । विशेष प्राबिधिक कारणले गर्दा बिगुलको प्रदर्शन स्थगित गरिएमा क्षमायाचना गर्दै उनले केही दिनभित्रै नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने जानकारी दिए ।

रमेश कोइरालाको निर्देशनमा बनेको चलचित्रमा बेनीशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, बिनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रबिन्द्र खड्कालगायत नवअभिनेत्री मीरा पण्डित मुख्य भूमिकामा छन् ।

देशको वर्तमान राजनीतिक अवस्था आम नेपालीको जनभावना तथा परिस्थितिसंग धेरै हदसम्म मिल्दो बिषयबस्तु प्रस्तुत चलचित्रका गीत, टिजर अनि ट्रेलरले दर्शकको मन छोइरहेको अवस्थामा चलचित्र प्रदर्शन स्थगित गर्नु परेकोमा निर्देशक कोइरालाले पनि दुख ब्यक्त गरेका छन ।

उनले दर्शकको प्रतिक्षामा रहेको चलचित्र अझ धेरै धुमधामका साथ प्रदर्शन गरिने प्रतिबद्धता ब्यक्त गरेका छन । विगुल काफिया फिल्मस र श्री ब्याकेट्स इन्टरटेन्मेन्टले बितरण गर्दैछ ।

शिव ढकालको छायांकन, एनबी महर्जनको द्वन्द्व निर्देशन अनि तारा थापा किम्भेको सम्पादन रहेको चलचित्रका गीतमा बिश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत छ । निर्माता कोइराला स्वयमको कथा रहेको चलचित्रको पटकथा र संवाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...