इरानमा प्रदर्शनका क्रममा हजारौँको मृत्यु भएको खामेनीको स्वीकारोक्ति

Author

सजिलो पत्रिका

२०८२ माघ ०४, आइतबार

41
Share
Featured
  • इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले डिसेम्बरको अन्त्यतिर सुरु भएका देशव्यापी प्रदर्शनका क्रममा “केही हजार” मानिसको मृत्यु भएको पहिलोपटक सार्वजनिक रूपमा स्वीकार गरेका छन्।
  • खामेनीले मृत्युको दोष इरानी सुरक्षा निकायलाई नदिई अमेरिका र विदेशी शक्तिलाई जिम्मेवार ठहर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रदर्शन उक्साएको आरोप लगाएका छन्, जबकि मानव अधिकार संस्थाले ३ हजारभन्दा बढीको मृत्यु भएको अनुमान गरेका छन्।
  • खामेनीको अभिव्यक्तिपछि ट्रम्पले इरानमा नयाँ नेतृत्व आवश्यक भएको टिप्पणी गरेका छन् भने केही साताको प्रदर्शन र कडा सुरक्षा कारबाहीपछि तेहरानसहित प्रमुख सहरहरूमा जनजीवन क्रमशः सामान्य बन्दै गएको बताइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले हालै देशभर भएका प्रदर्शनका क्रममा हजारौँ मानिसको मृत्यु भएको पहिलोपटक सार्वजनिक रूपमा स्वीकार गरेका छन् ।

कडा दमनका कारण अन्तर्राष्ट्रिय रूपमा आलोचना भइरहेको बेला आएको यो स्वीकारोक्ति इरानी नेतृत्वका लागि असामान्य मानिएको छ । शनिबार टेलिभिजनमार्फत सम्बोधन गर्दै खामेनीले गत डिसेम्बरको अन्त्यतिर आर्थिक सङ्कट र व्यापक राजनीतिक असन्तोषका कारण सुरु भएका प्रदर्शनमा “केही हजार” मानिसको ज्यान गएको बताएका हुन् ।

उनले केही मृत्यु “अमानवीय र निर्दयी अवस्थाका कारण” भएको उल्लेख गरे पनि यसको दोष इरानी सुरक्षा निकायमाथि नलगाई अमेरिका तथा अन्य विदेशी शक्तितर्फ संकेत गरे । खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनलाई उक्साएको आरोप लगाउँदै उनलाई “अपराधी” को संज्ञा दिए । प्रारम्भमा महँगी र जीवनयापनको बढ्दो खर्चविरुद्ध सुरु भएका प्रदर्शन पछि सरकारविरोधी आन्दोलनमा रूपान्तरित भएको खामेनीको भनाइ छ । उनले प्रदर्शनकारीहरू विदेशी शक्तिद्वारा प्रयोग गरिएको दाबी गर्दै ‘अपराधी’लाई कारबाहीबिनाको छुट नदिइने चेतावनी पनि दिए ।

मानव अधिकार संस्थाहरूले भने प्रदर्शन र सुरक्षा बलबीचको झडपमा ३ हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरेका छन् । इन्टरनेट सेवा पटक–पटक बन्द गरिएकाले वास्तविक तथ्याङ्क पुष्टि गर्न कठिन भएको जनाइएको छ । खामेनीको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै ट्रम्पले इरानमा “नयाँ नेतृत्व खोज्ने समय आएको” टिप्पणी गरेका छन् । पोलिटिकोसँगको अन्तर्वार्तामा ट्रम्पले खामेनीलाई हिंसाका लागि जिम्मेवार ठहर गर्दै नेतृत्व गर्न अयोग्य भएको आरोप लगाए ।

“एक देशको नेताका रूपमा उनले देशलाई पूर्ण रूपमा नष्ट गरेका छन् र कहिल्यै नदेखिएको स्तरको हिंसा प्रयोग गरेका छन्,” ट्रम्पले भने । “नेतृत्व डर र मृत्यु होइन, सम्मानमा आधारित हुनुपर्छ।” उनले इरानलाई कमजोर नेतृत्वका कारण विश्वकै सबैभन्दा खराब बसोबासयोग्य देशमध्ये एकसमेत भने ।

यसैबीच, खामेनीले सामाजिक सञ्जाल ‘एक्स’ मा पनि अमेरिका विरुद्ध आरोप दोहो¥याउँदै हालको आन्दोलन अमेरिकाद्वारा योजनाबद्ध भएको दाबी गरेका छन् । “हालको विद्रोह अमेरिकाले योजना बनाएको हो। अमेरिकाको लक्ष्य इरानलाई निल्नु हो,” उनले लेखेका छन् ।
यद्यपि, केही साताको प्रदर्शन र सुरक्षा कारबाहीपछि तेहरानसहित प्रमुख सहरहरूमा जनजीवन क्रमशः सामान्य बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

यो समाचारमा

काठमाडौँइरान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरानबाट ट्रम्प र नेतन्याहुलाई ‘आकस्मिक मृत्यु’को चेतावनी

    काठमाडौं । अमेरिकी सिनेटर लिन्डसे ग्राहमको निधनपछि इरानका सरकारनिकट सञ्चारमाध्यमहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्प र इजरायली प्रधानमन्त्री बेंजामिन नेतान्याहूलाई लक्षित गर्दै कडा धम्की दिएका छन्। इरानी दैनिक 'हामसहरी' ले आफ्नो पहिलो पृष्ठमा 'आकस्मिक मृत्युका लागि तयार हुनुहोस्' शीर्षकमा ट्रम्प, नेतन्याहु र अमेरिकी रक्षामन्त्रीको तस्बिरसहितको सामग्री प्रकाशन गरेको छ।अर्को पत्रिका

    Data is loading...

    Loading brands...

    Loading footer...