महेश बस्नेतविरुद्ध रास्वपाद्वारा धनुषामा प्रदर्शन

Author

सजिलो पत्रिका

२०८२ माघ ०८, बिहिबार

20
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता महेश बस्नेत विरुद्ध धनुषामा प्रदर्शन गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले बिहीबार बेलुका जिल्लाको सदरमुकाम जनकपुरधाममा महेश बस्नेतविरुद्ध प्रदर्शन गरेको छ । उनीहरुले बस्नेतको तस्वीर पनि जलाएका छन् ।

केही दिन अघि बालेन जनकपुरधाम आउँदा मैथिली भाषामा गरेको भाषणमा प्रयोग भएको छौरा शब्दको अनर्थ निकालेर बस्नेतले गरेको टिप्पणी अशोभनीय रहेको भन्दै रास्वपाका नेता, कार्यकर्ताले विरोध गरेको रास्वपाको मधेश प्रदेश र्याट विभाग प्रमुख अम्भु साहले जानकारी दिए ।

उनले कुनै एक भाषाको शब्दको अर्थ अर्को भाषामा फरक हुनु स्वभाविक भएको भन्दै कुनै पनि पार्टीको पदाधिकारीले सो कुरालाई लिएर मजाक बनाउन नहुने बताए ।

एमालेलाई बालेन प्रधानमन्त्री हुने भएको कुरा नपचेकोले टिका टिप्पणी गर्दै हिँडेको रास्वपा र्याट विभाग मधेश प्रदेशका प्रमुख साहले बताए ।

साहले जेनजी आन्दोलनमा एमालेकै कारणले कयौंको हत्या भएको आरोप लगाए ।

यो समाचारमा

महेश बस्नेतधनुषाजनकपुरराष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...