ओली पक्राउको विरोधमा एमाले उग्र, माइतीघरमा निजी सवारीसाधन तोडफोड

Author

सजिलो पत्रिका

२०८२ चैत १४, शनिबार १६:२१

17
Share
Featured
  • केपी शर्मा ओली को पक्राउको विरोधमा एमाले कार्यकर्ताहरूले माइतीघर क्षेत्रमा निजी सवारीसाधनमाथि तोडफोड गर्दै प्रदर्शन उग्र बनाएका छन्।
  • प्रदर्शनकारीहरूले सवारीसाधनमा ढुङ्गामुढा र लाठी प्रहार गरी सिसा फुटाएका छन्, जसले स्थिति अत्यन्त तनावग्रस्त बनाएको छ।
  • घटनापछि माइतीघर क्षेत्रको यातायात पूर्ण रूपमा प्रभावित भएको छ, सर्वसाधारणमा त्रास फैलिएको छ र प्रहरीले अवस्था नियन्त्रणमा लिन प्रयास गरिरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको पक्राउको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले काठमाडौंको माइतीघरमा निजी सवारीसाधनमाथि तोडफोड गरेका छन्। माइतीघर मण्डलामा भेला भएका एमाले नेता तथा कार्यकर्ताहरूको प्रदर्शन उग्र बनेपछि सडकमा गुडिरहेका सर्वसाधारणका सवारीसाधनमाथि आक्रमण भएको हो।

प्रदर्शनकारीहरूले गुडिरहेका गाडीमा ढुङ्गामुढा र लाठी प्रहार गरी सिसा फुटाएका छन्। तोडफोड र उग्र नाराबाजीका कारण माइतीघर क्षेत्र अहिले अत्यन्तै तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

एमाले अध्यक्ष ओलीलाई पक्राउ गरिएको विरोधमा सुरु भएको यो आन्दोलन हिंसात्मक बनेपछि सर्वसाधारणमा त्रास फैलिएको छ भने यस क्षेत्रको यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गरिरहेको छ।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

ट्यागहरू

#प्रदर्शन#केपी शर्मा ओली#नेकपा एमाले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू