बकैया कपको उद्घाटन खेलमा वडा नं.३ को विजयी

Author

सजिलो पत्रिका

२०८२ पुस २९, मङ्गलबार

82
Share
Featured

काठमाडौँ


सातौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बकैया गाउँपालिका वडा नं.३ ले प्रभावशाली प्रदर्शन गर्दै विजयी सुरुवात गरेको छ।

निलो जर्सीमा मैदान उत्रिएको वडा नं.३ ले सेतो जर्सीको वडा नं.८ लाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो स्थान मजबुत बनाएको हो। यस पराजयसँगै वडा नं.८ को यस वर्षको बकैया कप यात्रा समाप्त भएको छ।

उद्घाटन खेलको पहिलो हाफमा वडा नं.३ का आयुस नेगीले उत्कृष्ट गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए। पहिलो हाफ सोही स्कोरमा समाप्त भयो। दोस्रो हाफमा तारा नेगीले थप एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं.३ का आर्यन नेगी ‘म्यान अफ दि म्याच’ घोषित भए। उनले नगद दुई हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

प्रतियोगिता अन्तर्गत आज हुने खेल तालिका अनुसार बिहान ११ बजे महिला तर्फ वडा नं.४ र वडा नं.३ बीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी पुरुष तर्फ दिउँसो १ बजे वडा नं.१० र वडा नं.२ तथा दिउँसो ३ बजे वडा नं.६ र वडा नं.९ बीच खेल हुने आयोजकले जनाएको छ।

सातौँ बकैया कप फुटबल प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै खेलकुदमार्फत आपसी सद्भाव, सहकार्य र उत्साह अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

यो समाचारमा

काठमाडौँबकैया गाउँपालिकाफुटबल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...