
काठमाडौँ।निर्वाचन आयोगले देशभरका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण, स्वतन्त्र र उल्लासमय वातावरणमा मतदान कार्य जारी रहेको जनाएको छ। निर्वाचन आयुक्त जानकीकुमारी तुलाधरका अनुसार अहिलेसम्म देशका कुनै पनि केन्द्रमा मतदान अवरुद्ध भएको छैन र सबै स्थानमा सुचारु रूपमा मतदान भइरहेको छ।आयुक्त तुलाधरले यसपटक सुरक्षा व्यवस्था र मतदान केन्द्रको व्यवस्थापन सुदृढ बनाइएको तथा...