सार्वजनिक बहस लोकतन्त्रको पारदर्शिता र उत्तरदायित्वको अभ्यास हो- अध्यक्ष ओली

Author

सजिलो पत्रिका

२०८२ फागुन ०६, बुधबार

28
Share
Featured
  • केपी शर्मा ओली ले उम्मेदवारबीचको सार्वजनिक बहसलाई लोकतन्त्रको पारदर्शिता र उत्तरदायित्वको महत्वपूर्ण अभ्यासका रूपमा व्याख्या गरेका छन्।
  • नेकपा (एमाले) अध्यक्ष ओलीले उम्मेदवारहरू जनताको प्रश्नको प्रत्यक्ष सामना गर्न नहिच्किचाउनुपर्ने र प्रश्नबाट पन्छिने प्रवृत्ति लोकतन्त्रका लागि अनुपयुक्त हुने बताए।
  • आलोचना स्वीकार्दै सुधारको प्रयास गरेको उल्लेख गर्दै उनले सचेत निर्णयका लागि मतदातालाई आग्रह र भविष्यमा पनि नागरिकका प्रश्नको जवाफ दिन तयार रहने प्रतिबद्धता जनाए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं झापा क्षेत्र नम्बर ५ का उम्मेदवार खड्गप्रसाद शर्मा ओलीले उम्मेदवारहरूबीच हुने सार्वजनिक बहसलाई लोकतन्त्रको पारदर्शिता र उत्तरदायित्वको महत्वपूर्ण अभ्यासका रूपमा चित्रण गरेका छन्। झापा–५ मा आयोजित उम्मेदवारहरूबीचको सार्वजनिक बहस कार्यक्रममा सहभागी हुँदै उनले एउटै मञ्चमा बसेर नागरिकका प्रश्नको प्रत्यक्ष जवाफ दिनु लोकतान्त्रिक संस्कृतिको सुन्दर पक्ष भएको बताए।

ओलीले निर्वाचन नागरिकले आफ्ना प्रतिनिधिलाई विश्वासका साथ जिम्मेवारी सुम्पिने प्रक्रिया भएकाले उम्मेदवारहरू जनताको सामना गर्न नहिच्किचाउनुपर्नेमा जोड दिए। वास्तविक धारणा लुकाउने, तयार पारिएका सामग्रीमार्फत मात्र मतदातालाई प्रभावित पार्न खोज्ने वा प्रश्नहरूबाट पन्छिने प्रवृत्ति लोकतन्त्रका लागि उपयुक्त नहुने उनको टिप्पणी थियो।

आफ्नो राजनीतिक यात्रामा सधैँ आलोचना र विरोधलाई स्वीकार गर्दै आएको उल्लेख गर्दै ओलीले केही विषयमा सुधारको प्रयास समेत गरिएको बताए। उनले सचेत निर्णयका लागि मतदाताहरूलाई आग्रह गर्दै आगामी दिनमा पनि नागरिकका प्रश्नको उत्तर दिन आफू सधैँ तयार रहने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा उनले आयोजक र सहभागी नागरिकप्रति आभार समेत प्रकट गरे।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)झापाखड्गप्रसाद शर्मा ओलीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...