खाम मगर सभ्यताको विश्वव्यापी ब्रान्डिङ गरिने भन्दै प्रचण्ड तकसेरामा

Author

सजिलो पत्रिका

२०८२ फागुन ०३, आइतबार ०९:५४

24
Share
Featured

काठमाडौँ

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मतदाता भेटघाट कार्यक्रमका क्रममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी रूकुमको पुथा उत्तरगया गाउँपालिकाको पर्यटकीय स्थल तकसेरा पुगेका छन् ।

शनिबार साँझ तकसेरा पुगेका उनलाई स्थानीयवासीले भव्य स्वागत गरेका थिए।

स्वागत कार्यक्रममा महिला दिदीबहिनीहरू बालबच्चासहित नाचगान गर्दै सहभागी भएका थिए भने स्थानीय युवाहरूले पनि उत्साहजनक उपस्थिति जनाएका थिए ।

स्वागतपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले रुकुम पूर्वका जनताबाट आफूले नयाँ ऊर्जा प्राप्त गरिरहेको बताएका छन् । उनले रुकुमबाट समाजवादी मोडेलको सुरुआत गर्ने लक्ष्य रहेको उल्लेख गर्दै यस क्षेत्रलाई क्रान्तिको सुरुआत तथा शान्ति यात्राको निर्णय भएको ऐतिहासिक भूमि भएको स्मरण गरेका छन् ।

संविधान निर्माण प्रक्रियामा आफ्नो पहलमा विशेष तथा स्वायत्त अधिकार संस्थागत गरिएको उल्लेख गर्दै उनले संविधानको मर्मअनुसार मगर समुदायका क्लस्टरहरूलाई स्वायत्त क्षेत्र घोषणा गर्ने योजना रहेको बताएका छन् ।

उनले ‘खाम मगर’ सभ्यताको संरक्षण, प्रवद्र्धन तथा विश्वव्यापी ब्रान्डिङमार्फत मगर समुदायको पहिचान सुदृढ गर्नुका साथै पर्यटन, संस्कृति र स्थानीय अर्थतन्त्रको विकासमा टेवा पुग्ने बताएका छन्।

उनले मगर सभ्यताको संरक्षण मात्र नभई क्षेत्रको समग्र सामाजिक–आर्थिक विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले आगामी निर्वाचनमा जनताको साथ र समर्थन रहने अपेक्षा व्यक्त गरेका छन् ।

यो समाचारमा

उत्तरगया गाउँपालिकापुष्पकमल दाहालकाठमाडौँपूर्वी रूकुम

ट्यागहरू

#मतदाता#आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन#पर्यटकीय स्थल#पुष्पकमल दाहाल प्रचण्ड#प्रतिनिधि सभा#उत्तरगंगा गाउँपालिका#रुकुम पूर्व

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    sajilo patrika

    कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

    घण्टीको गर्जन र ’बालेन’ लहरः पुराना दलको ’साम्राज्य’ अन्त्य भएकै हो ?

    खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू