अर्यालसँग मतदाताको गुनासो : नेपालमै काम गर्दा पनि ज्याला पाइँदैन’

Author

सजिलो पत्रिका

२०८२ फागुन ०२, शनिबार

25
Share
Featured

काठमाडौँ

काठमाडौं क्षेत्र नम्बर ९का मतदाताले मुलुकभित्र रोजगारीको अभाव र श्रमिक शोषण बढ्दो रहेको गुनासो गरेका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोल प्रसाद अर्यालसँगको छलफलमा वडा नम्बर १२ र २१ का मतदाताले युवाहरू विदेशिन बाध्य भएको तथा नेपालमै काम गर्दा पनि महिनौँसम्म तलब नपाउने अवस्था रहेको बताएका हुन् ।

छलफलमा सहभागीहरूले पुराना दलहरूले निर्वाचनपछि आसेपासेलाई प्राथमिकता दिने र जनताको समस्या बेवास्ता गर्ने प्रवृत्तिको आलोचना गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गरे। शिक्षित युवासमेत श्रमको उचित मूल्य नपाउने अवस्थाले निराशा बढेको उनीहरूको भनाइ थियो। साथै मतदाताको सुरक्षा सुनिश्चित गर्नसमेत माग गरिएको थियो।

जवाफमा उपसभापति अर्यालले नेपालभित्रै रोजगारी सिर्जना गर्ने पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै युवालाई स्वदेशमै अवसर दिलाउने प्रतिबद्धता व्यक्त गरे। उनले श्रमको सम्मान गर्दै समान पारिश्रमिक सुनिश्चित गरिने बताए । काम गर्ने उमेरका विद्यार्थीलाई पढ्दै काम गर्न सक्ने वातावरण बनाउनेछौं, पढाइ छोडेर काम गर्नुपर्ने बाध्यता हटाइनेछ,’ उनले भने ।

अर्यालले मतदाताको सुरक्षा सुनिश्चित गर्न राज्य तयार रहेको उल्लेख गर्दै गलत कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन नागरिकको सहकार्य आवश्यक रहेको पनि बताए ।

उनी शनिबार काठमाडौं क्षेत्र नम्बर ८ का उम्मेदवार विराज भक्त श्रेष्ठ सहित धादिङका मतदातासँग पनि छलफलमा सहभागी भएका थिए ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीडोल प्रसाद अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...