मुस्लिम अगुवाहरुसँग एमाले अध्यक्ष ओलीको भेट

Author

सजिलो पत्रिका

२०८२ फागुन १५, शुक्रबार

16
Share
Featured


चुनाव नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली झापा क्षेत्र नं. ५ का विभिन्न टोलमा पुगेर मतदातहरुसँग भेट गरिरहेका छन् ।

यसै क्रममा शुक्रबार उनी गौरादह ४ को खाङ्टा पुग्दा स्थानीय मुस्लिम समुदायका अगुवाहरुले मदरसासम्म पुग्ने सडक निर्माण गरि दिन तथा जन्मसिद्ध नागरिकता वितरणलाई सहज बनाई दिन माग गरेका थिए ।

उनी गौरादका मियाटोली, दुर्गाचोक, मजुवा लगयातका बस्तिहरुमा पुगेर मतदाताहरुसँग भेटघाट गरे । उम्मेद्वारहरुको यस प्रकारको टोल–टोलमा पुगेर गरिएको प्रत्यक्ष भेटघाटले चुनावी माहोललाई थप तातो बनाएको छ भने कार्यकर्ताहरू पनि उत्साहित देखिएका छन् ।

चुनाव नजिकिँदै जाँदा ओली यतिबेला आफ्नै गृहजिल्ला झापा जिल्लाको क्षेत्र नं. ५ मा सक्रिय छन् । ठुला सभाहरु भन्दा उनी गाउँ–टोल केन्द्रित चुनावी भेटघाटलाई तीव्रता दिँदै मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन् ।

क्षेत्र नं. ५ अन्तर्गतका विभिन्न बस्ती, टोल र चोकहरूमा पुगेर उनले स्थानीय बासिन्दासँग संवाद गर्दै आएका छन् । घरदैलो कार्यक्रममार्फत अध्यक्ष ओलीले मतदाताहरुसँग भेटघाट गर्दै उनीहरूको गुनासा र सुझावसमेत लिई रहेका छन् ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)खड्गप्रसाद शर्मा ओलीकाठमाडौँझापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...