देशभर शान्तिपूर्ण र उत्साहजनक मतदान जारी- निर्वाचन आयोग

Author

सजिलो पत्रिका

२०८२ फागुन २१, बिहिबार

28
Share
Featured
  • देशभरका मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान जारी रहेको निर्वाचन आयोगको जानकारी।
  • आयुक्त जानकीकुमारी तुलाधरका अनुसार कुनै पनि केन्द्रमा मतदान अवरुद्ध नभई सुचारु रूपमा मतदान भइरहेको छ।
  • साँझ ५ बजेसम्म मतदान समय भएकाले समयमै पुगेर आफ्नो मताधिकार प्रयोग गर्न आयोगको आग्रह।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निर्वाचन आयोगले देशभरका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण, स्वतन्त्र र उल्लासमय वातावरणमा मतदान कार्य जारी रहेको जनाएको छ। निर्वाचन आयुक्त जानकीकुमारी तुलाधरका अनुसार अहिलेसम्म देशका कुनै पनि केन्द्रमा मतदान अवरुद्ध भएको छैन र सबै स्थानमा सुचारु रूपमा मतदान भइरहेको छ।

आयुक्त तुलाधरले यसपटक सुरक्षा व्यवस्था र मतदान केन्द्रको व्यवस्थापन सुदृढ बनाइएको तथा मतदान स्थलहरूलाई सबैका लागि पहुँचयोग्य बनाइएको जानकारी दिइन्। मतदाताहरू उत्साहका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेको र वातावरण भयरहित रहेको आयोगको दाबी छ। आयोगले साँझ ५ बजेसम्म मतदानको समय तोकिएकाले समयमै आफ्नो मतदान केन्द्रमा पुगेर अमूल्य मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ।

यो समाचारमा

काठमाडौँनिर्वाचन आयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...