
काठमाडौँ।प्रतिनिधि सभा निर्वाचन अन्तर्गत देशभरका १६१ निर्वाचन क्षेत्रमा मतगणना तीव्र रूपमा भइरहँदा चारवटा क्षेत्रमा भने अझै गणना सुरु हुन सकेको छैन। निर्वाचन आयोगका अनुसार सङ्खुवासभा-१, गोरखा-१, मुगु-१ र धनुषा-१ मा मतगणना प्रारम्भ हुन बाँकी रहेको हो।भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण दुर्गम क्षेत्रबाट मतपेटिका ल्याउन ढिलाइ भएकाले संखुवासभा, गोरखा र...