वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन- मन्त्री यादव

Author

सजिलो पत्रिका

२०८३ साउन ०५, मङ्गलबार

5
Share
Featured
  • श्रममन्त्री रामजी यादवले वैदेशिक रोजगारी रोक्न नसकिने भन्दै सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनु सरकारको प्राथमिकता भएको बताएका छन्।
  • सरकारले युरोपेली मुलुकसँग श्रम सम्झौता गरी नेपाली श्रमिकलाई सुरक्षित रोजगारीको अवसर विस्तार गर्ने तयारी गरेको छ।
  • आन्तरिक श्रम बजारका लागि अनलाइन प्लेटफर्म सञ्चालन गरी सेवा सहज बनाइने र श्रम ठगी नियन्त्रणमा कडाइ गरिने मन्त्रीको भनाइ छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं ।  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वर्तमान विश्वव्यापीकरणको युगमा वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न सम्भव नरहेको बताएका छन्। मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनका क्रममा मन्त्री यादवले सरकारको प्राथमिकता वैदेशिक रोजगारी रोक्ने नभई यसलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने रहेको स्पष्ट पारे।

नेपाली श्रमिकहरू शोषणमा नपरून् र उचित पारिश्रमिक पाऊन् भन्ने उद्देश्यले सरकारले युरोपेली मुलुकहरूसँग श्रम सम्झौताको पहल गरिरहेको उनले जानकारी दिए। "आजको विश्व 'ग्लोबल भिलेज' बनेको छ, जहाँ मानिसहरूको आवतजावत स्वाभाविक हो। हाम्रो ध्यान श्रमिकको सुरक्षा र उच्च प्रतिफल दिने नयाँ गन्तव्यको खोजीमा छ," उनले भने।

मन्त्री यादवले आन्तरिक श्रम बजारका समस्या समाधानका लागि छिट्टै अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याइने घोषणा समेत गरे। यसबाट श्रमिकहरूले सामान्य कामका लागि श्रम कार्यालय धाउनुपर्ने झन्झट अन्त्य हुने उनको विश्वास छ। विगतमा कानुन कार्यान्वयन कमजोर हुँदा ठगी गर्नेहरूको मनोबल बढेको स्वीकार गर्दै उनले अब सरकारले प्रभावकारी रूपमा परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र

    काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–४ मा कानुन व्यवसायी तथा कला सर्जक विश्वम्भर लामिछानेले आफ्नै निवासमा स्थापना गरेको जराबुट्टा कला सङ्ग्रहालय आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।खोला तथा बगरमा खेर जाने रुखका जरा र जराबुट्टालाई कलात्मक रूप दिई लामिछानेले करिब ३० वर्षदेखि सङ्कलन तथा सृजना गर्दै आएका छन्

    Data is loading...

    Loading brands...

    Loading footer...