सेयर बजारमा लगातार छैटौँ दिन सुधार, ६ अर्ब ६७ करोडको कारोबार

Author

सजिलो पत्रिका

२०८३ साउन ०५, मङ्गलबार

5
Share
Featured
  • नेप्से लगातार छैटौँ दिन बढ्दै ७.२५ अङ्कले उकालो लागेर २७२६.४९ बिन्दुमा पुगेको छ।
  • ३४३ कम्पनीको ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
  • एभरेस्ट कलर लिमिटेडको सेयर मूल्य १४.९८% ले सर्वाधिक वृद्धि भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं ।  नेपाली सेयर बजारमा बढ्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। आज नेप्से सूचक ७.२५ अङ्कले बढेर २७२६.४९ बिन्दुमा पुगेको छ। योसँगै बजार लगातार छैटौँ दिन पनि बढेको हो।

आज ३४३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा १०३ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रह्यो।

कारोबारका आधारमा रिडि पावर कम्पनी ५५ करोड रुपैयाँसहित शीर्ष स्थानमा रह्यो। त्यस्तै, आँखु खोला जलविद्युतको ३१ करोड र रिलायन्स स्पिनिङ मिल्सको २७ करोड रुपैयाँको कारोबार भएको छ। आज एभरेस्ट कलर लिमिटेडको सेयर मूल्य सर्वाधिक १४.९८ प्रतिशतले बढेको छ।

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...