काठमाडौंका १० वटै क्षेत्रमा रास्वपा अगाडि

Author

सजिलो पत्रिका

२०८२ फागुन २२, शुक्रबार

22
Share
Featured
  • प्रारम्भिक मतगणनाअनुसार ४६ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ३० स्थानमा अगाडि देखिएको छ।
  • काठमाडौंका १० वटै र भक्तपुरका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता लिएका छन्।
  • नेपाली कांग्रेस ५, नेकपा एमाले ३ र नेकपा १ क्षेत्रमा अगाडि छन्; रुकुमपूर्व–१ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अग्रता लिएका छन्। मतगणना जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निकै बलियो अग्रता लिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको ४६ निर्वाचन क्षेत्रको प्रारम्भिक नतिजाअनुसार रास्वपा ३० स्थानमा अगाडि देखिएको छ।

विशेषगरी काठमाडौं उपत्यकामा रास्वपाको वर्चस्व देखिएको छ। काठमाडौंका १० वटै र भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता लिएका छन्।

अन्य दलहरूको अवस्था हेर्दा नेपाली कांग्रेस ५ क्षेत्र (तेह्रथुम–१, ललितपुर–१, मुस्ताङ–१, कपिलवस्तु–३ र कैलाली–१) मा अगाडि छ। नेकपा एमाले ३ क्षेत्र (स्याङ्जा–१, रुपन्देही–४ र बाँके–२) मा र नेपाली कम्युनिष्ट पार्टी १ क्षेत्र (रुकुमपूर्व–१) मा अगाडि छ। रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले अग्रता कायम गरेका छन्। मतगणना कार्य देशभर जारी छ र थप परिणामहरू आउने क्रममा छन्।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिनिधि सभाकाठमाडौँनिर्वाचन आयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...