बर्डफ्लूको प्रभाव कम भएसँगै अण्डाको मूल्य बढ्यो

Author

सजिलो पत्रिका

२०८३ साउन ०५, मङ्गलबार

4
Share
Featured
  • बर्डफ्लूको प्रभाव घटेसँगै अण्डाको माग र मूल्य दुवै बढेको छ।
  • उपभोक्ताका लागि प्रतिगोटा अण्डाको मूल्य २५ रुपैयाँ कायम गरिएको छ।
  • माग बढ्नु र उत्पादन घट्नु मूल्य वृद्धिको मुख्य कारण भएको लेयर्स कुखुरापालक संघले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । देशभर बर्डफ्लूको प्रभाव कम भएसँगै अण्डाको माग र मूल्य दुवै बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले साउन ६ गतेदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य निर्धारण गरेको छ।

नयाँ दरअनुसार चितवनलाई आधार मानेर एक्सएल अण्डा प्रतिक्रेट ५१५ रुपैयाँ, ठूलो अण्डा ५०० रुपैयाँ र मिडियम अण्डा ४७० रुपैयाँ कायम गरिएको छ। त्यस्तै, सानो अण्डा प्रतिपेटी २,९०० रुपैयाँ तोकिएको छ भने उपभोक्ताका लागि प्रतिगोटा अण्डाको मूल्य २५ रुपैयाँ निर्धारण गरिएको छ।

संघका सचिव मदन पोखरेलका अनुसार बर्डफ्लूको जोखिम हटेपछि बजारमा अण्डाको माग ह्वात्तै बढेको तर उत्पादनमा कमी आएकाले मूल्य वृद्धि भएको हो। यसअघि बजार खस्किँदा घाटा बेहोरेका किसानहरूले मूल्य वृद्धिसँगै राहत महसुस गरेका छन्। संघले नयाँ मूल्यअनुसार कारोबार गर्न सबै सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...