काठमाडौँ।
सुनसरी क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङले अग्रता लिएकी छन्। निर्वाचन कार्यालयले सार्वजनिक गरेको पहिलो परिणामअनुसार तामाङ १४२ मतका साथ शीर्ष स्थानमा छिन्।
उनलाई श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) ले ४९ मतका साथ पछ्याइरहेका छन्। यस्तै, नेपाली काँग्रेसका सुजेन्द्र गोलेले ४० मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उद्धव श्रेष्ठले ३४ मत प्राप्त गरेका छन्।
नेकपाका सूर्यबहादुर भट्टराईले १२ मत पाउँदा नेकपा एमालेका टीकाराम लिम्बुले ८ मत मात्र प्राप्त गरेका छन्। सुनसरी-१ मा कुल ८७ हजार ५७६ (५८.२३ प्रतिशत) मत खसेको थियो। सुरुवाती चरणमा रास्वपा र श्रम संस्कृति पार्टीबीच प्रतिस्पर्धा देखिए पनि स्थापित दलहरू निकै पछाडि देखिएका छन्। यहाँ मतगणना कार्य जारी छ।