नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ - नेता पुन

Author

सजिलो पत्रिका

२०८३ साउन ०५, मङ्गलबार

4
Share
Featured
  • नेकपा नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाल–रुसको ७० वर्षे कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान र मित्रतामा आधारित रहेको बताएका छन्।
  • शिक्षा, स्वास्थ्य, विज्ञान–प्रविधि, संस्कृति र पूर्वाधार विकासमा रुसको सहयोग उल्लेखनीय रहेको उनले बताए।
  • व्यापार, ऊर्जा, पर्यटन, कृषि र प्रविधि लगायत क्षेत्रमा भविष्यमा सहकार्य विस्तार गर्ने ठूलो सम्भावना रहेको उनको भनाइ छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाल र रुसबीचको सात दशक लामो कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान, समानता र मित्रतामा आधारित रहेको बताएका छन् ।नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा नेपालस्थित रुसी दूतावासद्वारा काठमाडौंको ‘रसियन कल्चर सेन्टर’ मा सोमबार आयोजित फोटो प्रदर्शनी उद्घाटन गर्दै पुनले विगत सात दशकमा दुई देशबीच शिक्षा, विज्ञान–प्रविधि, स्वास्थ्य, संस्कृति, पर्यटन र मानव स्रोत विकासलगायत क्षेत्रमा भएको सहकार्यले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको बताएका हुन् ।

उनले नेपालको विकास यात्राको प्रारम्भिक चरणमा भौतिक पूर्वाधार निर्माण तथा औद्योगिकीकरणमा रुसले गरेको सहयोग उल्लेखनीय रहेको स्मरण गर्दै रुसमा अध्ययन गरेका हजारौँ नेपालीले चिकित्सा, इन्जिनियरिङ, विज्ञान तथा अन्य विभिन्न क्षेत्रमा नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याएको जानकारी दिए ।

“नेपाल–रुस सम्बन्ध केवल कूटनीतिक आदानप्रदानमा मात्र सीमित छैन । शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य, संस्कृति, पर्यटन र मानव स्रोत विकासलगायतका क्षेत्रमा भएको लामो र निरन्तरको सहकार्यले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाएको छ,” पुनले भने, “नेपालको विकास यात्राको प्रारम्भिक चरणमा भौतिक पूर्वाधार निर्माण तथा औद्योगिकीकरणमा रुसले पु¥याएको सहयोगले नेपालको सामाजिक–आर्थिक विकासमा उल्लेखनीय योगदान दिएको छ ।”

उनले रुसमा उच्च शिक्षा हासिल गरेका हजारौँ नेपालीले चिकित्सा, इन्जिनियरिङ, विज्ञान तथा अन्य विभिन्न पेसागत क्षेत्रमा नेपालका लागि महत्त्वपूर्ण योगदान पु¥याएको बताए ।

उनले नेपाल–रुसबीच विगत ७० वर्षमा निर्माण भएको मित्रता र सहकार्यको बलियो आधारलाई टेकेर व्यापार तथा लगानी, ऊर्जा, पर्यटन, शिक्षा, विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कृषि र सांस्कृतिक आदानप्रदानलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रशस्त सम्भावना औँल्याए । नेपाल–रुस कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विगतका उपलब्धिको उत्सव मात्र नभई भविष्यको सहकार्यलाई अझ मजबुत बनाउने अवसरसमेत भएको उनको भनाइ छ ।

यो समाचारमा

वर्षमान पुननेपाली कम्युनिष्ट पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...