चितवन-३ मा सोविता गौतमको अग्रता, रेनु दाहाल दोस्रो स्थानमा

Author

सजिलो पत्रिका

२०८२ फागुन २२, शुक्रबार

25
Share
Featured
  • चितवन–३ को मतगणनामा रास्वपाकी सोविता गौतम २,४८५ मतसहित पहिलो स्थानमा छन्।
  • नेकपाकी रेनु दाहाल १,७८६ मतसहित दोस्रो स्थानमा छन्, दुबैबीच ६९९ मतको अन्तर छ।
  • एमालेका शंकर थपलिया ५३५, कांग्रेसका टेकप्रसाद गुरुङ २७६ र राप्रपाका दीपक थापाले ११३ मत पाएका छन्; मतगणना जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर ३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले आफ्नो अग्रतालाई थप बलियो बनाएकी छन्। पछिल्लो परिणाम अनुसार गौतमले २ हजार ४८५ मत प्राप्त गर्दै शीर्ष स्थान ओगटेकी छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहाल १ हजार ७८६ मतका साथ दोस्रो स्थानमा छिन्। गौतम र दाहालबीच ६९९ मतको अन्तर रहेको छ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शंकर थपलिया ५३५ मतका साथ तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका टेकप्रसाद गुरूङले २७६ र राप्रपाका दीपक थापाले ११३ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा मतगणना कार्य जारी छ र गौतमले सुरुवाती चरणदेखि नै अग्रता कायम राखेकी छन्।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँसोबिता गौतमप्रतिनिधि सभा
नेपाल कम्युनिष्ट पार्टी (एमाले)5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...