इलाम-२ मा सुहाङ नेम्वाङ र सुदिप राईबीच कडा प्रतिस्पर्धा

Author

सजिलो पत्रिका

२०८२ फागुन २२, शुक्रबार

44
Share
Featured
  • इलाम–२ को प्रारम्भिक मतगणनामा एमालेका सुहाङ नेम्वाङ ४९१ मतसहित अग्रस्थानमा छन्।
  • श्रम संस्कृति पार्टीका सुदिप राई ४४३ मतसहित दोस्रो स्थानमा; दुबैबीच मतान्तर केवल ४८ मतको छ।
  • अन्य उम्मेदवारमा कांग्रेसका भेषराज आचार्य २१० मत तेस्रो, रास्वपाका गोकुल राई १७१ मत चौथो स्थानमा; मतगणना जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ र श्रम संस्कृति पार्टीका सुदिप राईबीच कडा प्रतिस्पर्धा देखिएको छ। पछिल्लो परिणाम अनुसार नेम्वाङ ४९१ मतका साथ शीर्ष स्थानमा छन् भने राई ४४३ मतका साथ उनलाई पछ्याइरहेका छन्। नेम्वाङ र राईबीचको मतान्तर मात्र ४८ रहेको छ।

यस्तै, नेपाली काँग्रेसका भेषराज आचार्य २१० मतका साथ तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोकुल राई १७१ मतका साथ चौथो स्थानमा छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ओम गुरुङले ५१ मत प्राप्त गरेका छन्। इलाम-२ मा एमाले र श्रम संस्कृति पार्टीबीचको सुरुवाती प्रतिस्पर्धाले चुनावी नतिजा रोचक हुने संकेत गरेको छ। यहाँ मतगणना कार्य जारी छ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँइलाम
नेपाली काँग्रेस4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...