काठमाडौँ।
प्रतिनिधि सभा निर्वाचनको 'हट स्पट' मानिएको सर्लाही क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनामा नेपाली काँग्रेसका सभापति गगन थापा पछि परेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले थापालाई ४७१ मतको अन्तरले पछि पार्दै अग्रता लिएका हुन्।
औपचारिक रूपमा सार्वजनिक गरिएको पहिलो नतिजाअनुसार अमरेश कुमार सिंहले १ हजार २३९ मत प्राप्त गरेका छन् भने गगनकुमार थापाले ७६८ मत पाएका छन्। यस्तै, जनमत पार्टीका राकेश मिश्रा २५० मतका साथ तेस्रो र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार अमनिशकुमार यादव १९९ मतका साथ चौथो स्थानमा छन्।
यस्तै, नेकपाका डा. रजनिश रायले १८ र जसपाका रामेश्वर राय यादवले २ मत प्राप्त गरेका छन्। बिहान १० बजेदेखि सुरु भएको मतगणनाको यो पहिलो आधिकारिक प्रारम्भिक विवरण हो। यहाँ दुई प्रभावशाली नेताहरूबीचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ।