
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूका लागि ‘कुलिङ पिरियड’ अनिवार्य गर्ने व्यवस्था लागू गरेको छ। आइतबार बसेको सचिवालय बैठकले ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा, २०८३’ अनुमोदन गर्दै उक्त व्यवस्था लागू गरेको हो।नयाँ प्रावधानअनुसार पार्टीमा पहिलोपटक राजनीतिक सदस्यता लिने व्यक्तिले कम्तीमा ४५ दिन...