निजामती विधेयकमा कुलिङ पिरियडको व्यवस्था हेरफेर, सांसदद्वारा विरोध

Author

सजिलो पत्रिका

२०८२ असार १७, मङ्गलबार १२:०८

41
Share
Featured
  • संसदीय समितिमा सर्वसम्मत सहमतिअनुसार अवकाशपछि २ वर्ष लाभको पद नपाउने व्यवस्था भए पनि विधेयकमा मुख्यसचिव, सचिव र सहसचिवलाई बाहेक राखिएको भन्दै विवाद चर्कियो।
  • नेकपा (एमाले) का पदम गिरी र माओवादी केन्द्रका जनार्दन शर्माले यसलाई षड्यन्त्र र गम्भीर अपराधको संज्ञा दिँदै दोषीमाथि कारबाहीको माग गरे।
  • संसदीय आपत्तिपछि सभामुख देवराज घिमिरेले घटनाबारे छानबिन गर्ने प्रतिबद्धता जनाएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

प्रतिनिधि सभाबाट पारित भएको निजामती विधेयकमा कर्मचारीको अवकाशपछिको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था तोडमोड गरिएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन्। संसदीय समितिमा भएको सहमतिविपरीत उच्चपदस्थ कर्मचारीलाई फाइदा पुग्ने गरी विधेयक पारित भएको पाइएपछि उनीहरूले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका हुन्।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा लामो छलफलपछि सरकारी सेवाबाट अवकाश पाएका कर्मचारीले दुई वर्षसम्म कुनै लाभको पदमा जान नपाउने गरी ‘कुलिङ पिरियड’ राख्ने सर्वसम्मत सहमति जुटेको थियो। तर, प्रतिनिधि सभाबाट विधेयक पारित हुँदा मुख्यसचिव, सचिव र सहसचिवलाई यो व्यवस्था लागू नहुने गरी ‘बाहेक’ भन्ने शब्द थपिएको पाइएपछि विवाद चर्किएको हो।

राज्य व्यवस्था समितिको बैठकमा नेकपा (एमाले) का सांसद पदम गिरिले यसलाई ‘गम्भीर षड्यन्त्र’को संज्ञा दिँदै छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे। "महिनाैँ छलफल गरेर दुई वर्ष कुलिङ पिरियड राख्ने सहमति भएको थियो, तर मुख्यसचिव, सचिव र सहसचिवलाई लागू नहुने गरी षड्यन्त्र भयो। यो कारबाहीको विषय हो," उनले भने, "समितिको निर्णय जस्ताको तस्तै अघि बढ्नुपर्थ्यो, यसमा हेरफेर गर्ने जिम्मेवार व्यक्तिमाथि कारबाही हुनैपर्छ।"
त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद ले समितिमा एउटा सहमति गरेर सदनबाट अर्कै विषय पारित हुनुलाई ‘गम्भीर अपराध’को संज्ञा दिए। उनले भने, "एउटा सहमति गर्ने, अर्को पारित गर्ने कुरा हुन सक्दैन। यो गम्भीर अपराध हो र सभामुखले यसको छानबिन गर्नुपर्छ।"

सांसदहरूको तीव्र विरोध र ध्यानाकर्षणपछि सभामुख देवराज घिमिरेले घटनाबारे छानबिन गर्ने प्रतिबद्धता जनाए।

यो समाचारमा

काठमाडौँप्रतिनिधि सभानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)पदम गिरि
देवराज घिमिरे4 more

ट्यागहरू

#प्रतिनिधि सभा#नेकपा माओवादी केन्द्र#देवराज घिमिरे#कुलिङ पिरियड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    sajilo patrika

    प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न आयोगका प्रतिवेदन सभासमक्ष पेस गर्ने

    आज र राति देशका धेरै ठाउँमा वर्षा, यी ५ प्रदेशमा भारी वर्षाको अलर्ट

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा दृढ छ, दोषी आफ्नै कार्यकर्ता भए पनि कारबाही हुन्छ : रवि लामिछाने

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    News Image

    कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

    News Image

    पाइलट हिरासतमा परेपछि बुद्ध एयरले बनायो छानबिन समिति

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू