कांग्रेसको रणनीति: संसदीय सुनुवाइ समितिमा खतिवडाको नेतृत्व

Author

सजिलो पत्रिका

२०८२ भदौ १९, बिहिबार

31
Share
Featured
  • नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापति पदका लागि रामहरि खतिवडालाई अघि सार्ने निर्णय गरेको छ।
  • उक्त पद ईश्वरी न्यौपानेले राजीनामा दिएपछि रिक्त भएको हो, भोलि निर्वाचन हुँदैछ।
  • यसअघि नैतिक जिम्मेवारीस्वरूप राज्य व्यवस्था समितिको सभापति पद छाडेका खतिवडालाई अब सुनुवाइ समितिको नेतृत्वका लागि अघि सारिएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसले संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापति पदमा रामहरि खतिवडालाई अघि सार्ने भएको छ। समितिको रिक्त सभापति पदका लागि भोलि निर्वाचन हुँदैछ।

पार्टीले आफूलाई समितिको सभापतिमा अघि सार्ने निर्णय गरेको सुन्नमा आएको खतिवडाले बताएका छन्। उनले पार्टीले गरेको निर्णय स्वीकारेर अघि बढ्ने पनि स्पष्ट पारेका छन्।

यसअघि राज्यव्यवस्था तथा सुशासन समितिको सभापति बन्नका लागि ईश्वरी न्यौपानेले संसदीय सुनुवाइ समितिको सभापति पदबाट राजीनामा दिएकी थिइन्। न्यौपाने राज्य व्यवस्था समितिमा गएपछि उनको रिक्त सदस्य पदमा रामहरि खतिवडालाई पठाइएको थियो।

स्मरण रहोस्, कुलिङ पिरियड छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवारी ठहर्‍याएपछि खतिवडाले राज्य व्यवस्था समितिको सभापति पदबाट राजीनामा दिएका थिए। अब उनै खतिवडालाई कांग्रेसले संसदीय सुनुवाइ समितिको नेतृत्वका लागि अघि सारेको छ।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँरामहरि खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...