राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित

Author

सजिलो पत्रिका

२०८२ भदौ १२, बिहिबार

29
Share
Featured
  • रामहरि खतिवडाको राजीनामापछि ईश्वरीदेवी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा निर्विरोध निर्वाचित भएकी छिन्।
  • सभामुख देवराज घिमिरेबाट शपथ लिएपछि न्यौपानेले बुधबारै पदभार ग्रहण गरेकी छन्।
  • उनले सबैको सहयोगमा विधेयकहरू सहमतिमा अगाडि बढाउने र चालू अधिवेशनमै टुंग्याउने प्रयास गर्ने बताएकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छिन्। संघीय निजामती विधेयकको ‘कुलिङ अफ पिरियड’मा भएको गडबडीको नैतिक जिम्मेवारी लिँदै रामहरि खतिवडाले राजीनामा दिएपछि न्यौपानेले सभापतिको जिम्मेवारी सम्हालेकी हुन्।

बुधबार बसेको समिति बैठकमा ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लले न्यौपानेलाई सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए। सभापति निर्वाचित भएसँगै न्यौपानेले सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिएकी छिन्। शपथलगत्तै उनले बुधबारै पदभार ग्रहण गरिन्।

पदभार ग्रहण गर्दै न्यौपानेले सबैको सहयोग र समन्वयमा विधेयकहरू सहमतिमा अगाडि बढाउने प्रतिबद्धता जनाइन्। उनले चालू अधिवेशनमा विधेयकहरू टुंग्याउन सक्दो प्रयास गर्ने बताएकी छिन्।

यो समाचारमा

काठमाडौँरामहरि खतिवडादेवराज घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...