निजामती विधेयक विवाद: उच्चस्तरीय छानबिन र सभापति खतिवडालाई निलम्बन गर्न माग

Author

सजिलो पत्रिका

२०८२ असार १८, बुधबार

33
Share
Featured
  •  युवराज सफलले निजामती विधेयकमा भएको हेरफेरबारे उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै सभामुखलाई निवेदन दिए।
  • राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई छानबिन नसकिएसम्म पदबाट निलम्बन गर्न र नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिन आग्रह।
  • अनधिकृत संशोधनलाई ‘राज्यविरुद्धको कसुर’ भन्दै मन्त्री, सचिव र अन्य पदाधिकारीहरूको भूमिकामाथि शंका व्यक्त।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निजामती विधेयकमा ‘कुलिङ पिरियड’को व्यवस्था हेरफेर गरिएको प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै युवराज सफलले प्रतिनिधि सभाका सभामुखसमक्ष निवेदन दिएका छन्।

बुधबार सभामुखको सचिवालयमा निवेदन दर्ता गर्दै उनले यो प्रकरण नटुंगिदासम्म राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई पदबाट निलम्बन गर्न पनि माग गरेका छन्।

सफलले आफ्नो निवेदनमा ‘कुलिङ पिरियड’ हेरफेर गर्ने कार्यमा सभापति खतिवडा, समितिका अन्य सदस्य, सचिव, कानुन मन्त्री, कानुन सचिव र सामान्य प्रशासन मन्त्रालयका पदाधिकारीहरूको समेत भूमिका हुन सक्ने आशंका व्यक्त गरेका छन्।

उनले सांसदले बनाएको कानुनी दस्ताबेजमा अनधिकृत रूपमा संशोधन गर्नुलाई 'राज्यविरुद्धको कसुर, सरकारी किर्ते र न्यायिक एवं संवैधानिक जालसाजी' भएको जिकिर गरेका छन्।

निवेदनमा प्रकरणको सत्यतथ्य पत्ता लगाउन तत्काल संसदीय छानबिन समिति गठन गर्न र दोषीलाई प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गर्न माग गरिएको छ। साथै, प्रकरणको नैतिक जिम्मेवारी लिँदै सभापति खतिवडाले राजीनामा दिनुपर्ने र नदिएमा अनुसन्धान नसकिँदासम्मका लागि पदबाट निलम्बन गर्न सभामुखलाई आग्रह गरिएको छ।

यो समाचारमा

रामहरि खतिवडाकाठमाडौँयुवराज सफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...