कुलिङ पिरियड छानबिन: संसदीय समिति प्रतिवेदन लेखनको तयारीमा, साउन १९ मा बुझाउने लक्ष्य

Author

सजिलो पत्रिका

२०८२ साउन १३, मङ्गलबार

24
Share
Featured
  • ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थाको छानबिन अन्तिम चरणमा पुगेको छ, र समितिले प्रतिवेदन लेखनको तयारी थालेको छ।
  • समितिले आगामी साउन १९ गते प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेस गर्ने लक्ष्य राखेको छ।
  • गत असार २३ गते गठन भएको यो समिति कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांसदहरू मिलेर बनेको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निजामती सेवा विधेयकमा भएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामाथिको छानबिन अन्तिम चरणमा पुगेपछि संसदीय विशेष समितिले प्रतिवेदन लेखनको तयारी थालेको छ।

समितिका सभापति जीवन परियारले सोधपुछको कार्य अन्तिमतिर पुगेकाले समयमै प्रतिवेदन तयार गर्न लागिएको जानकारी दिए। समितिले आगामी साउन १९ गते बस्ने प्रतिनिधि सभा बैठकमा आफ्नो प्रतिवेदन पेस गर्ने लक्ष्य राखेको छ।

गत असार २३ गते प्रतिनिधि सभाले यो ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांसदहरू सदस्य छन्।

यो समाचारमा

काठमाडौँप्रतिनिधि सभाजीवन परियार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...