रास्वपाले स्थानीय चुनावका लागि ‘कुलिङ पिरियड’ अनिवार्य गर्‍यो

Author

सजिलो पत्रिका

२०८३ वैशाख २१, सोमबार

21
Share
Featured
  • रास्वपाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्न ‘कुलिङ पिरियड’ अनिवार्य गर्ने व्यवस्था लागू गरेको छ।
  • पहिलोपटक पार्टी सदस्य बन्नेले ४५ दिन र अन्य दलबाट आउनेले ९० दिनको सदस्यता अवधि पूरा गर्नुपर्नेछ।
  • विशेष अवस्थामा योग्य व्यक्तिहरूलाई ल्याटरल इन्ट्रीमार्फत उम्मेदवारी दिन सकिने व्यवस्था पनि गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूका लागि ‘कुलिङ पिरियड’ अनिवार्य गर्ने व्यवस्था लागू गरेको छ। आइतबार बसेको सचिवालय बैठकले ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा, २०८३’ अनुमोदन गर्दै उक्त व्यवस्था लागू गरेको हो।

नयाँ प्रावधानअनुसार पार्टीमा पहिलोपटक राजनीतिक सदस्यता लिने व्यक्तिले कम्तीमा ४५ दिन पार्टी सदस्यता पूरा गरेको हुनुपर्नेछ। त्यस्तै, अन्य राजनीतिक दलबाट रास्वपामा प्रवेश गर्ने व्यक्तिका लागि ९० दिनको कुलिङ पिरियड अनिवार्य गरिएको छ।

पार्टीले विशेष परिस्थितिमा ल्याटरल इन्ट्रीमार्फत पनि उम्मेदवारीको अवसर दिन सकिने व्यवस्था गरेको छ। समाजमा प्रतिष्ठित, विज्ञ तथा स्वच्छ छवि भएका व्यक्तिहरूलाई कुलिङ पिरियड पूरा नभए पनि क्यान्डिडेट क्लबमा आवेदन दिन अनुमति दिन सकिने उल्लेख गरिएको छ। तर, यसका लागि सम्बन्धित तहअनुसार औपचारिक लिखित सहमति अनिवार्य हुनेछ।

वडा अध्यक्ष र सदस्य पदका लागि सम्बन्धित पालिका र जिल्ला समितिको सहमति आवश्यक हुनेछ। गाउँपालिका तथा नगरपालिका प्रमुख/उपप्रमुखका लागि जिल्ला र प्रदेश समितिको सहमति अनिवार्य गरिएको छ। त्यस्तै, उपमहानगरपालिका र महानगरपालिका प्रमुख/उपप्रमुखका लागि केन्द्रीय समितिको लिखित सहमति आवश्यक पर्ने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...