
काठमाडौँ।इजरायल-हमास युद्धमा हमासको अपहरणमा परी ज्यान गुमाएका कञ्चनपुर जिल्लाका बिपिन जोशीको सम्झनामा भीमदत्तनगर नगरपालिका–३ स्थित मालिकार्जुन टोलमा 'विपिन चोक' नामकरण गरिएको छ। आज साँझ एक कार्यक्रमका बीच उनको सम्मानमा दीप प्रज्वलनसहित टोलको नामाकरण गरिएको हो।कार्यक्रममा वडाध्यक्ष गगनसिंह धामीले विपिन वडाका पूर्वखेलाडीसमेत भएकाले उनको सम्झनामा प्रत्येक वर्ष वडास्तरीय क्रिकेट प्रतियोगितासमेत आयोजना...