इजरायल-हमास युद्धका शहीद विपिन जोशीको सम्झनामा 'विपिन चोक' नामकरण

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०८, शनिबार

20
Share
Featured
  • कञ्चनपुरका स्व. विपिन जोशीको सम्झनामा भीमदत्त नगरपालिका–३ को मालिकार्जुन टोललाई ‘विपिन चोक’ नामकरण गरिएको छ।
  • कार्यक्रममा वडाध्यक्षले विपिनको सम्मानमा प्रत्येक वर्ष वडास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरे।
  • विपिनको बलिदानको स्मृतिलाई चिरस्थायी बनाउन स्थानीयवासी र परिवारजनको उपस्थितिमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

इजरायल-हमास युद्धमा हमासको अपहरणमा परी ज्यान गुमाएका कञ्चनपुर जिल्लाका बिपिन जोशीको सम्झनामा भीमदत्तनगर नगरपालिका–३ स्थित मालिकार्जुन टोलमा 'विपिन चोक' नामकरण गरिएको छ। आज साँझ एक कार्यक्रमका बीच उनको सम्मानमा दीप प्रज्वलनसहित टोलको नामाकरण गरिएको हो।

कार्यक्रममा वडाध्यक्ष गगनसिंह धामीले विपिन वडाका पूर्वखेलाडीसमेत भएकाले उनको सम्झनामा प्रत्येक वर्ष वडास्तरीय क्रिकेट प्रतियोगितासमेत आयोजना गरिने घोषणा गरे। "साहसिक व्यक्तित्व स्व. जोशी सकुशल घर फर्किनेमा हामी दुई वर्षसम्म आशामा थियौँ, तर उहाँ आफू नरहेर साथीहरूको ज्यान जोगाउनुभयो," वडाध्यक्ष धामीले भने, "उहाँको सम्मानमा अब बन्ने वडा कार्यालयमा तस्बिर राख्ने र वडाबाट प्रतिनिधित्व गर्ने क्रिकेटका खेलाडीसमेत रहेकाले हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने योजना बनाउने छौँ।"

वडाध्यक्ष धामीले हाल स्थानीयवासीसहितको चाहनामा वडामा विपिन चोक नामाकरण गरिएको र अब नगरपालिकाको कार्यपालिका बैठकबाट औपचारिक निर्णय गराउन पहल गरिने बताए। दीप प्रज्वलन कार्यक्रममा विपिनकी बहिनी पुष्पा जोशीलगायत टोलबासीको उपस्थिति रहेको थियो।

विपिन जोशीको यो बलिदानले उनको गृहजिल्लामा गहिरो छाप छोडेको छ, र उनको सम्झनालाई चिरस्थायी बनाउन यो चोक नामकरण गरिएको हो।

यो समाचारमा

बिपिन जोशीकाठमाडौँइजरायलकञ्चनपुर जिल्ला
भीमदत्तनगर नगरपालिका4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत 'समता कर' फिर्ता लिने सरकारको निर्णय

    काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको ३ प्रतिशत 'समता कर' (समता शुल्क) हटाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि यो कर लागू नगर्ने निर्णय भएको जानकारी दिएका हुन्।प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत यो कर कार्यान्वयन गर्दा आम नागरिकले थप आर्थिक भार

    Data is loading...

    Loading brands...

    Loading footer...