विपीनको गृहनगरमा शवयात्रा सुरु, अन्त्येष्टि आजै गरिँदै

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०४, मङ्गलबार

25
Share
Featured

काठमाडौँकञ्चनपुर जिल्ला का बिपिन जोशीको गृहनगरमा शवयात्रा सुरु भएको छ । अन्त्येष्टिअघि भीमदत्तनगर नगरपालिका बाट केहीबेर अघि विपीनको शवयात्रा सुरु गरिएको हो । शवयात्रामा नेपालका लागि इजरायली राजदूत पनि सहभागी छन् ।

विपीनको महाकाली नदीको भुजेला घाटमा आज अन्त्येष्टि गरिँदै छ । राष्ट्रिय सम्मानसहित विपीनको अन्त्येष्टि गरिनेछ । सशस्त्र प्रहरी बलले सलामी अर्पण गर्नेछ । 

अध्ययनका लागि इजरायल पुगेका विपीनको २०२३ अक्टुबर ७ मा हमासको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । उक्त आक्रमसँगै उनको अवस्था अज्ञात रहेको थियो । 

असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु भएको पुष्टि गरेका थिए । विपीनको शव सोमबार काठमाडौं ल्याइएको थियो । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएकी थिइन् । 

 

यो समाचारमा

सशस्त्र प्रहरी बलभीमदत्तनगर नगरपालिकाकञ्चनपुर जिल्लाबिपिन जोशी
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सार्वजनिक सवारी दर्ता दुई महिनादेखि ठप्प, अटो व्यवसायी अन्योलमा

    काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोकेको दुई महिना बितिसक्दा पनि खुलाउने छाँटकाँट नदेखाएपछि अटोमोबाइल र यातायात व्यवसायी अन्योलमा परेका छन्। गत जेठ ७ गतेदेखि देशभर सार्वजनिक सवारीको दर्ता स्थगित गरिएको छ, जसका कारण आगामी दसैँ–तिहारका लागि आवश्यक नयाँ बस र ट्रकको बजारमा अभाव हुन सक्ने देखिएको छ।सामान्यतया विदेशबाट

    Data is loading...

    Loading brands...

    Loading footer...