‘बिपिन जोशीको शीघ्र रिहाइका लागि सरकार निरन्तर प्रयासरत छ’: प्रधानमन्त्री ओली

Author

सजिलो पत्रिका

२०८२ भदौ ०२, सोमबार

26
Share
Featured
  • प्रधानमन्त्री केपी शर्मा ओलीले बिपिन जोशीको परिवारसँग सरकार पूर्ण रूपमा साथमा रहेको बताउँदै बिपिनको सुरक्षित र शीघ्र रिहाइ सरकारको जिम्मेवारी भएको स्पष्ट पारे।
  • परराष्ट्र मन्त्रालयमार्फत खाडी क्षेत्रका दूतावासहरूसँग निरन्तर संवाद गरी बिपिनको रिहाइका लागि प्रयास जारी रहेको जानकारी उनले दिए।
  • ओलीले टर्की र इजिप्टका राष्ट्रपतिसँग फोन संवाद गरी बिपिनको रिहाइबारे ध्यानाकर्षण गराएको पनि बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी बिपिन जोशीको शीघ्र रिहाइ गर्नु सरकारको मुख्य जिम्मेवारी भएको बताएका छन्। उनले बिपिनको परिवारको साथमा सरकार रहेको बताउँदै उनको सुरक्षा र रिहाइका लागि हरसम्भव पहल भइरहेको जानकारी दिए।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको बताए। उनले यसअघि आफूले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल-सिसीसँग पनि फोनमा कुरा गरी बिपिनको रिहाइका लागि ध्यानाकर्षण गराएको उल्लेख गरेका छन्।

प्रधानमन्त्रीले इजरायलमा बिपिनकी आमा र बहिनीले त्यहाँका राष्ट्रपति र संसद अध्यक्षसँग भेटेर रिहाइका लागि गरेको पहलको पनि प्रशंसा गरेका छन्।


यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीपरराष्ट्र मन्त्रालयइजरायलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...