सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र

Author

सजिलो पत्रिका

२०८३ साउन ०५, मङ्गलबार

4
Share
Featured
  • सिन्धुलीको जराबुट्टा कला सङ्ग्रहालय आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ।
  • विश्वम्भर लामिछानेले ३० वर्षदेखि सङ्कलन गरेका करिब ३०० जराबुट्टाका कलाकृति सङ्ग्रहालयमा राखिएका छन्।
  • प्रदेश सरकारको करिब ५० लाख रुपैयाँ लागतमा सार्वजनिक जराबुट्टा कला केन्द्रको भवन निर्माण भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–४ मा कानुन व्यवसायी तथा कला सर्जक विश्वम्भर लामिछानेले आफ्नै निवासमा स्थापना गरेको जराबुट्टा कला सङ्ग्रहालय आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।

खोला तथा बगरमा खेर जाने रुखका जरा र जराबुट्टालाई कलात्मक रूप दिई लामिछानेले करिब ३० वर्षदेखि सङ्कलन तथा सृजना गर्दै आएका छन् । हाल सङ्ग्रहालयमा झन्डै ३०० वटा कलाकृति राखिएका छन्, जसले देशप्रेम, मातृत्व, प्रकृतिप्रेम र सामाजिक सद्भावका सन्देश प्रवाह गर्ने गरेको उनले बताए ।

लामिछानेका अनुसार कला बिक्री नगरी संरक्षण गर्ने उद्देश्यले सार्वजनिक सङ्ग्रहालय निर्माणको प्रक्रिया अघि बढाइएको छ । जराबुट्टा कला केन्द्र नेपालका उपाध्यक्ष कृष्णप्रसाद बरालका अनुसार प्रदेश सरकारको रु ४९ लाख ९९ हजारको लागतमा जराबुट्टा कला केन्द्रको भवन निर्माण भइरहेको छ ।

यो समाचारमा

सिन्धुलीकमलामाई नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...