लालीगुराँस र तपाइ हाम्रो सहकारीका १२५ बचतकर्ताले पाए बचत फिर्ता

Author

सजिलो पत्रिका

२०८३ साउन ०५, मङ्गलबार

6
Share
Featured
  • लालीगुराँस र तपाइ हाम्रो सहकारीका १२५ बचतकर्ताले पहिलो चरणमा बचत फिर्ता पाएका छन्।
  • फिर्ता गरिएको रकम ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त भएको सरकारको भनाइ छ।
  • साना बचतकर्तालाई प्राथमिकता दिँदै अन्य बचतकर्ताको रकम पनि क्रमशः फिर्ता गरिने समितिले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस बहुउद्देश्यीय सहकारी र तपाइ हाम्रो बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गरेको छ। समितिले पहिलो चरणमा लालीगुराँसका ३५ जना र तपाइ हाम्रो सहकारीका ९० जना बचतकर्तालाई रकम फिर्ता गरेको हो।

सरकारले समस्याग्रस्त सहकारीको ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त भएको रकम नै पीडित बचतकर्ताहरूलाई वितरण गरिएको स्पष्ट पारेको छ। समितिले हाल थोरै बचत भएकाहरूलाई प्राथमिकता दिएको र आगामी दिनमा बचत रकमका आधारमा वर्गीकरण गरी क्रमशः अन्य बचतकर्ताहरूको पनि रकम फिर्ता गरिने जनाएको छ। प्रचलित कानुनी व्यवस्था बमोजिम ऋण असुली र बचत फिर्ताको यो प्रक्रिया निरन्तर सञ्चालन हुने समितिले उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...