विपीन जोशीको अवस्थाबारे इजरायलको भनाइ परिवारद्वारा अस्वीकृत: 'अझै आशावादी छौँ'

Author

सजिलो पत्रिका

२०८२ असोज २७, सोमबार

24
Share
Featured
  • इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले हमासको नियन्त्रणमा रहेका विपीन जोशी जीवित रहेको कुनै प्रमाण फेला नपरेको जानकारी दिएको छ।
  • हाल फिर्ता हुने २० जना बन्धकको सूचीमा विपीनको नाम छैन, तर परिवारले अर्को चरणमा छुट्नेमा आशा राखेका छन्।
  • विगत दुई वर्षदेखि विपीनको रिहाइका लागि परिवार र नेपाल सरकार निरन्तर प्रयासरत छन्; उनको आमा र बहिनी अमेरिका पुगेर खोजी कार्यमा सक्रिय छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

इजरायलले हमासको कब्जामा रहेका कञ्चनपुर जिल्लाको भीमदत्तनगर नगरपालिका–३ का विद्यार्थी बिपिन जोशी  जीवित रहेको कुनै पनि प्रमाण फेला पार्न नसकेको बताए पनि विपिनका परिवारले भने यसलाई अझै विश्वास गर्न सकेका छैनन्। विगत दुई वर्षदेखि हमास समूहको नियन्त्रणमा रहेका विपिनको अवस्थाका विषयमा विपिनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग ‘भिडियो कन्फरेन्स’ भएको छ।

उक्त भिडियो कन्फरेन्समा जोडिएका विपिनका परिवारका सदस्य किशोर जोशीले आज नियन्त्रण मुक्त हुन लागेका २० जना बन्धकमा विपिनको नाम नरहेको इजरायली सरकारका तर्फबाट इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले जानकारी गराएको बताए।

‘आज छुट्ने लिष्टमा विपिनको नाम छैन फेरि पनि हामी निरन्तर अपडेट गर्छौँ भनेर इजरायलबाट भनिएको छ,’ जोशीले भने, ‘अहिले छुट्नेमा विपिनको नाम नरहे पनि हामी उनी छुट्नेमा पूर्ण आशावादी छौँ, अहिले नै उनी छैनन् भन्न मिल्दैन।’

जोशीका अनुसार इजरायली प्रतिनिधि, संयुक्त राज्य अमेरिकाबाट विपिनका आमा र बहिनी, इजरायलस्थित नेपाली राजदूत र आफूसहितको भिडियो कन्फरेन्स आज बिहान भएको थियो।

विपिनको नाम जीवित बन्दीको सूचीमा नरहेको समाचारहरू प्रकाशित भइरहेका बेला विपिनको परिवारजनले भने अर्को चरणमा छुट्नेमा आशा रहेको जनाएको छ। दुई वर्षको अवधिमा भएका युद्धविराम र बन्दी साटासाट क्रममा हमासले २०० भन्दा बढी बन्धक यसअघि नै छाडेको थियो।

विपिनको सकुशल रिहाइका लागि उनको परिवार र नेपाल सरकार लामो समयदेखि प्रयासरत छन्। विपिनका आमा र बहिनी उनको खोजी कार्यमा पहलकदमी गरिदिन गुहार माग्न अमेरिका पुगेका छन् भने बुवा महानन्द जोशी महेन्द्रनगरमा छोरा विपिनको व्यग्र प्रतीक्षामा छन्।

यो समाचारमा

काठमाडौँकञ्चनपुर जिल्लाबिपिन जोशीइजरायल
भीमदत्तनगर नगरपालिका4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    एकैदिन ५ हजार ४ सय रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?

    काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको भाउमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ४ सय रुपैयाँले बढेर २ लाख ९१ हजार रुपैयाँ पुगेको छ।मंगलबार सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै आज चाँदीको भाउ पनि

    Data is loading...

    Loading brands...

    Loading footer...