महाकालीको किनारमा विपीनको दाहसंस्कार

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०४, मङ्गलबार

24
Share
Featured

महेन्द्रनगरमहाकाली नदी (काली नदी) को किनारमा बिपिन जोशीको दाहसंस्कार गरिएको छ । सोमबार साँझ भीमदत्त नगरपालिका–३ स्थित निवासमा जोशीको शव पुर्‍याइएको थियो । 

आज बिहान विपीनको शवयात्रा पश्चात महाकाली नदी किनारमा दाहसंस्कार गरिएको हो । विपीनको शवलाई सशस्त्र प्रहरी बल नेपालको एक टुकुडीले सलामी अर्पण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।  

शवयात्रामा स्थानीय तहका जनप्रतिनिधि, प्रशासनिक निकाय र सुरक्षा निकायका पदाधिकारीका साथै सयौँ स्थानीयवासी सहभागी थिए । दुईवर्षदेखि हमासको नियन्त्रणमा रहेका विपीनको सोही अवधिमा मृत्यु भएको थियो ।

हमासको आक्रमणमा परी विपीनसँगै सुदूरपश्चिमका आठ विद्यार्थीले ज्यान गुमाएका थिए । कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका सिलसिलामा उनीहरु दुई वर्षअघि इजरायल पुगेका थिए । 

यो समाचारमा

बिपिन जोशीमहेन्द्रनगरमहाकाली नदी (काली नदी)

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...