
काठमाडौँ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चिकित्सकको नक्कली उपाधि प्रयोग गरी अवैध रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा ४७ वर्षीया चेतना पौडेललाई पक्राउ गरेको छ। आफूलाई नेपालको पहिलो प्राकृतिक चिकित्सा (नेचुरोप्याथी) विशेषज्ञ दाबी गर्ने पौडेललाई असार १० गते काठमाडौंको चन्द्रागिरिबाट नियन्त्रणमा लिइएको हो।नेपाल मेडिकल काउन्सिलको अनुगमनका क्रममा चन्द्रागिरिस्थित स्पार्क इन्टरनेसनल...