गोङ्गबुमा एसएलआर म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

Author

सजिलो पत्रिका

२०८३ जेठ ०९, शनिबार

17
Share
Featured

काठमाडौँ

काठमाडौँको गोङ्गबु क्षेत्रबाट प्रहरीले एसएलआर हतियारको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा र सोही स्थानका २२ वर्षीय ओमशङ्कर गुप्ता रहेका छन्। उनीहरूलाई काठमाडौँ महानगरपालिका–३२ नरेफाँट बस्ने गुप्ताको निवासमा बस्दै आएको अवस्थामा नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार टोखा नगरपालिका–९ गोङ्गबुस्थित शिव मन्दिर नजिकको काबेली गेस्टहाउसमा जाँच गर्ने क्रममा उनीहरूको साथबाट ४५ राउण्ड गोली, एसएलआर हतियारमा प्रयोग हुने म्याग्जिन एक थान तथा मेटलको नक एक थान बरामद गरिएको हो।

प्रहरीले पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...